मोटरसाइकल चोरी गर्ने युवक पक्राउ

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 3 mins

गुल्मी । गुल्मीमा दुई छुट्टाछुट्टै स्थानमा पार्किङ गरी राखिएका मोटरसाइकल चोरी गर्ने एक युवकलाई गरिएको छ । पार्किङ गरी राखिएका मोटरसाइकल चोरी गरिएको भन्दै इस्मा गाउँपालिका-५ सिरारा बस्ने २० वर्षीय सागर गिरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका इन्स्पेक्टर किरण सापकोटाले जानकारी दिनुभयो ।

इन्स्पेक्टर सापकोटाका अनुसार गिरीले रूपन्देही देवदह नगरपालिका-१० चरङ्गे घर भएका सुरेश दमाईको मोटर साइकल चोरी गरेका हुन् । सुरेश मालिका गाउँपालिका-६ स्थित आफ्नो मावली हजुरबुवाको घरमा आएको बेला अर्जै पोखराबारीस्थित गोबिन्द राम अर्यालको घरको आगनमा आफ्नो लु ५४ प १०२३ नम्बरको मोटरसाइकल पार्किङ गरि राखिएको अवस्थामा गिरीले चोरी गरेका थिए ।

ADVERTISEMENT

त्यस्तै, उनै गिरीले इस्मा गाउँपालिका वडा नम्बर-६ नागा बस्ने माधव कुँवरको घरको पालिमा पार्किङ गरी राखिएको अर्को लु ३६ प ५१८७ नम्बर मोटरसाईकल पनि चोरी गरेका थिए । मोटरसाइकल चोरी गरी सोही स्थानको नागा खोला नजिकै लगी मोटरसाईकलहरुबाट पेट्रोल निकालेर अलपत्र अवस्थामा छाडेका थिए । चोरी गरिएका मोटरसाइलकबाट पेट्रोल निकाली मालिका गाउँपालिका-६ अक्षतास्थित हिमलाल लम्सालका पालिमा रहेको खाना बनाउने भान्सा आगनमा पेट्रोल बालेको प्रहरीले जनाएको छ ।

गिरीले पेट्रोल बाल्दा नजिकै रहेको बाल्टी पानीको ड्रम समेत जलि क्षति पुगेको छ । मोटरसाइकल चोरी गर्ने गिरीलाई घटनास्थलमा तत्काल प्रहरी टोली खटिएर नियन्त्रणमा लिएको थियो । गिरीलाई सोमबार गुल्मी जिल्ला अदालतबाट चोरी र आपराधिक उपद्रब कसुरमा म्याद थप गरी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *