काठमाडौं । चरुन बजगाईं र स्वाती भट्टको स्वरमा रहेको गीत ‘बोलीरहने मायाले बोल्नै छोड्यो नि’ सार्वजनिक भएको छ । राजेन्द्र बजगाईंको संगीत, निषाद चन्द्रको संगीत संयोजन, मनोज परियारको माष्टरिङ र रंग पत्रकार विष्णु सुवेदीको शब्द रचना रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
जीवन भट्टराई र लक्ष्मी बर्देवाकोे निर्देशन रहेको गीतको भिडियोमा लक्ष्मी, जीवन र चरन बजागाईंलाई फिचरिङ गरिएको छ । बुद्ध थापाको छायाकन रहको भिडियोमा बिष्णु खड्काको सम्पादन छ । भिडियो त्रिमूर्ति इन्टरटेन्टमेन्टको अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको हो ।






