काठमाडौं । गायन र नृत्य विधाका बालप्रतिभाको खोजीका लागि ‘नेशन्स गट ट्यालेन्ड’ शो हुनेभएको छ । आयोजक संस्था एएनपी मिडिया हाउसले पत्रकार सम्मेलन गरेर प्रतियोगिताको विषयमा जानकारी गराएको हो ।
प्रतियोगिताको निर्णयक मण्डलमा अभिनेत्रीद्वय मिथिला शर्मा र गौरी मल्ल, गायक आनन्द कार्की र गायिका देविका बन्दना रहनुभएको छ । लबबहादुर कार्की र डेभिल सिंह राजपुतको निर्देशनमा तयार हुने रियालीटी शो एपीवान टेलिभिजनबाट प्रसारण हुनेछ ।
एएनपी मिडिया हाउसका अध्यक्ष तथा नेशन्स गट ट्यालेन्डका निर्देशक लबबहादुर कार्कीले नेशन्स गट् ट्यालेन्ड रियालिटी शोका लागि मंसिर १६ बाट अडिशन गरिने जानकारी गराउनुभयो । शोमा एभेन्टोज नेपाल नेशनल र ग्लोबल अनलाइन पे इन्टरनेशन भोटिङ् पार्टनरका रहेका छन् ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements