काठमाडौं । सेब र एञ्जल लर्ड नवौँ रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । सेबले पिपुल्स एकेडेमीलाई ४५-२९ ले पराजित गर्यो । सेबको जितमा सुमित बज्राचार्यले १२ अंकको योगदान गर्नुभयो । रवि कार्कीको १० अंकको सहयोगमा एञ्जल लर्डले पुष्प सदनलाई ३५-३४ को झिनो अन्तरले हरायो ।
सिनियर ब्वाइजमै विल्सन एकेडेमीले माउण्ट ग्लोरीलाई ४२-१५, निसर्ग वाटिकाले बिग बुद्धलाई ४८-४१, आयोजक रेडियन्ट पब्लिकले एनआइसीलाई ४०-२१, ग्रिनफिल्डले ओएसिसलाई ४०-३६, ज्ञानोदयले सेन्ट्रल स्टेटलाई ३७-१४ र जेनिथले न्यु भिजन एकेडेमीलाई ३३-१४ ले पाखा लगायो । विल्सनका राजेश चौधरीले १८, निसर्गका अभनलाल श्रेष्ठले १६, रेडियन्टका लमिक योञ्जनले १९, ग्रिनफिल्डका अर्जुन बस्नेतले २०, ज्ञानोदयका दीपेश शाहीले १३ र जेनिथका अनिश गुरुङले नौ स्कोर गर्नुभयो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता