काठमाडौं । स्वर्णिम नवौँ रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । स्युचाटारस्थित आयोजक रेडियन्ट पब्लिकको कोर्टमा स्वर्णिमले साई निलायमलाई १०-६ ले पराजित गर्यो । स्वर्णिमकी नितिशा महर्जनले पाँच अंक जोड्नुभयो ।
जुनियर ब्वाइजमा आयोजक रेडियन्टले साई निलायमलाई १९-४, इडेन ब्रिज एकेडेमी (इबिए) ले पिपुल्स एकेडेमीलाई २२-४ र सिर्जना ज्ञान सागरले रेडियन्ट रिडर्सलाई २०-६ ले हराउँदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे । रेडियन्टका अर्नभजंग कार्कीले सात, इबिएका आदित्य श्रेष्ठले नौ र सिर्जना ज्ञान सागरका प्रिमल तामाङले नौ स्कोर गर्नुभयो । सोही स्पर्धाको लिग खेलमा ग्रिनफिल्डले ग्रिन लन्सलाई २३-३ ले पाखा लगायो । ग्रिनफिल्डका लागि रिसन तामाङले सात अंक जोड्नुभयो ।
सिनियर ब्वाइजमा ग्रिनफिल्डले स्किब्सलाई ३५-४, जेनिथले केभिसीलाई ४१-१६, रेडियन्ट पब्लिकले रेडियन्ट रिडर्सलाई ४३-२२ र पिपुल्सले विस्डमलाई ३४-१२ ले पन्छ्याउँदै प्रिक्वाटरफाइनल यात्रा तय गरे । ग्रिनफिल्डका पुजन उप्रेतीले ११, जेनिथका अनिश गुरुङले ८, रेडियन्टका सन्तोष शर्माले १६ र पिपुल्सका सरोज न्यौपानेले १० स्कोर गर्नुभयो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता