बसमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 1 min

गुल्मी । गुल्मीमा बसमा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । रेसुंगा नगरपालिका-४ घर भई महेन्द्र माविमा कक्षा-१२ मा अध्ययन गर्ने १९ वर्षीय विवेक झाँक्रीमगरको मृत्यु भएको हो ।

रेसुंगा नगरपालिका-४ अर्खलेमा सिमलटारीदेखि बुटवलतर्फ जाँदै गरेको लु.१ख ९४७५ नम्बरको बससँग तम्घासबाट सेउघा जाँदै गरेको लु.८७प ९८१ नम्बरको मोटरसाइकल ठोक्किएपछि मोटरसाइकल चालक झाँक्रीमगरको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नवीनकिशोर प्रधानले जानकारी दिनुभयो ।

ADVERTISEMENT

मृतक झाँक्री बिहान कलेज अध्ययन सकिएपछि घर फर्कने क्रममा मोटरसाइकल दुर्घटनामा परेका थिए । दुर्घटनामा घाइते झाँक्रीको उपचारको क्रममा ११ बजे मृत्यु भएको गुल्मी अस्पतालले घोषणा गरेको जिल्ला प्रहरी प्रमुख प्रधानले बताउनुभयो ।

मृतक झाँक्री मगरको शवलाई गुल्मी अस्पताल तम्घासमा पोस्टमार्टम गरिँदै छ । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *