काठमाडौं । अभिनेता रणवीर कपूरद्धारा अनिभित फिल्म ‘एनिम’ मंसिर १५ गतेदेखि प्रदर्शनमा आउँदैछ । केही दिनअघि फिल्मको ट्रेलर सार्वजनिक गरिएको थियो। ट्रेलरमा रणवीर कपुरको हिसंक अवतारले दर्शकलाई तान्ने अपेक्षा गरिएको छ । यस कुराले फिल्मले भारतमा मात्र नभई विश्वभर चर्चा बटुलिरहेको छ।
अमेरिकामा एनिमल फिल्म ८८८ स्क्रिनमा प्रदर्शन हुने तयारीमा छ । रणवीरको पछिल्लो फिल्म ‘ब्रह्मास्त्’ ८१० स्क्रिनमा प्रदर्शन भएको थियो। यस मामिलामा ‘एनिमल’ ले शाहरूख खानको फिल्म ‘जवान’ को पनि रेकर्ड तोडेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
अमेरिकामा ‘जवान’ ८५० स्क्रिनमा प्रदर्शन भएको थियो। अमेरिकामा सर्वाधिक शोज पाउने ‘एनिमल’ पहिलो भारतीय फिल्म हो। साथै ‘एनिमलु’ ले जवानलाई २४ घण्टामा ट्रेलर हेरिएको सूचीमा पनि उछिनेको छ। ‘एनिमल’ को हिन्दी ट्रेलर २४ घण्टामा ७१ मिलियन पटक हेरिएको छ भने ‘जवान’ ले ५५ मिलियन भ्युज पाएको थियो।
सन्दिप रेड्डी वांगाले निर्देशन गरेको फिल्ममा रणवीर कपूर, रश्मिका मन्दना, बबी देओल, अनिल कपूरको मुख्य भूमिका छ। फिल्ममा अनिल रणवीरको बाबुको भूमिकामा छन् भने रश्मिका उनको श्रीमतीको भूमिकामा देखिएका छन्।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts