
काठमाडौं । ग्लोबल नेप्लिज कराते अर्गनाइजेसनले १०औं विश्व सितोरियो कराते च्याम्पियनसिपका पदक विजेता खेलाडीलाई शुक्रबार नगदसहित सम्मान गरेको छ । इण्डोनेसियाको जकार्तामा गत सेप्टेम्बर २२ देखि २४ तारिखसम्म भएको उक्त प्रतियोगितामा नेपालले एक स्वर्ण, तीन रजत र ६ कांस्य जितेको थियो । एरिका गुरुङले नेपाललाई एकमात्र स्वर्ण दिलाउनुभएको थियो । १९औं एसियाली खेलकुदकी ऐतिहासिक रजत विजेतासमेत रहनुभएकी एरिकालाई ३० हजार नगदसहित प्रशंसा पत्र प्रदान गरियो ।
रजत विजेता विप्लवलाल श्रेष्ठ, निरुपमा दोङ तामाङ र मोहम्मद शेखु अलामले १५ हजार नगदसहित प्रशंसा पत्र पाउनुभयो । कांस्य पदक जितेका सन्तोष श्रेष्ठ, सविना श्रेष्ठ, आशिष थापा, पुष्पका लामा, एलिशा राजकोटी मगर र सानुमाया थिङले जनही १० हजार नगदसहति प्रशंसा पत्र प्रदान गरियो । सोही अवसरमा एसियाली खेलकुदका प्रशिक्षकत्रय कुशल श्रेष्ठ, छोरी मैया डंगोल र वीरकृष्ण शाही तथा टिम व्यवस्थापक निवासगोपाल वैद्यलाई पनि प्रशंसा पत्रबाट सम्मान गरिएको थियो ।
कार्यक्रममा रसुवा डोजो, सुर्खेत डोजो, भुटानी शरणार्थी क्याम्प र चापागाउँ डोजोलाई ५० हजार मुल्य बराबरको खेल सामाग्री प्रदान गरिएको थियो । त्यसै अवसरमा नेपाल कराते महासंघको आयोजनामा मंसिर १६ देखि १७ गतेसम्म हुने सातौं दक्षिण एसियाली कराते च्याम्पियनसिपका लागि सहयोग महासंघलाई स्वरूप एक लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको थियो ।
पूर्वमन्त्री एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, बागमती प्रदेशका सांसद् मीनकृष्ण महर्जन, ग्लोबलका अध्यक्ष एवं आठौं दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता सुरेन्द्रलाल श्रेष्ठ, ग्लोबलका प्रमुख सल्लाहकार एवं करातेका संस्थापक थानेश्वर राई र नेपाल कराते महासंघका अध्यक्ष युवराज लामाले नगद, प्रशंसा पत्र, खेल सामग्री र सहयोग रकम हस्तान्तरण गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच