काठमाडौं । कवि प्रेमप्रसाद भट्टराईको गीतिकाव्य ‘अरब’ लोकार्पण गरिएको छ । काठमाडौंमा साहित्यिक पत्रकार संघको आयोजनामा एक कार्यक्रमबीच प्रा.डा.सुरेन्द्र केसीको प्रमुख आतिथ्यतामा उक्त कृति लोकार्पण गरिएको हो । सो अवसरमा कवि भट्टराईलाई सम्मान पनि गरिएको थियो । कवि भट्टराई साहित्यिक पत्रकार संघका आजीवन सदस्य एवं अनेसास कतारका पूर्वअध्यक्ष पनि हुनुहुन्छ ।
कार्यक्रममा प्रमुख अतिथि प्रा.डा.केसी, संघका अध्यक्ष राधेश्याम लेकाली, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव धनप्रसाद सुवेदी, नायक नवल खड्का, साझा प्रकाशनका लवप्रसाद भण्डारीलगायतले आ-आफ्नो मन्तव्य राख्नु भएको थियो भने वरिष्ठ कवि प्रल्हाद पोखरेल र समालोचक डा.शान्ति गिरीले समीक्षात्मक मन्तव्य राख्नु भएको थियो ।
सो अवसरमा अनेसास केन्द्रीय समितिकी उपाध्यक्ष डा.रेणु थापा सोलु र चर्चित संगीतकार नरहरि प्रेमीले लोकार्पित कृतिबाट गीत गाउनुभएको थियो । कलाकार कृपा भट्टराईले नृत्य प्रस्तुत गर्नुभएको उक्त कार्यक्रमको सञ्चालन निबन्धकार श्रीबाबु कार्कीले गर्नुभएको थियो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता