काठमाडौं । गायिका एवं नेकपा एमालेकी नेतृ कोमल ओलीलाई मातृशोक परेको छ । पूर्वराष्ट्रियसभा सदस्यसमेत रहनुभएकी कोमलकी आमा दीपा ओलीको ८२ वर्षको उमेरमा काठमाडौंको अल्का अस्पतालमा निधन भएको हो । दीपाको शनिबार निधन भएको थियो ।
१९९८ सालमा रोल्पामा जन्मिनुभएकी दीपा ओलीले संकलन गरेको मलमलकिरी जुनकिरी नामको गीतले नै कोमल ओलीलाई गायनमा स्थापित गराएको हो । दीपा ओलीको संकलन तथा रचनामा रेडियो नेपाल, म्युजिक नेपाल तथा विभिन्न रेकिर्डङ स्टुडियोमा दुई दर्जनभन्दा बढी गीत रेकर्ड भएका छन् ।
दीपा ललित ट्रष्टकी संरक्षक रहनुभएकी उहाँ २०४३ सालमा राप्ती अञ्चल महिला संगठनमा उपसभापति हुनुभएको थियो । उहाँका श्रीमान्, दुई छोरा र दुई छोरी छन् ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts