काठमाडौं । नाटक ‘मानिस हराएको सूचना’ मञ्चन हुने भएको छ । यही मंसिर १५ देखि २४ गतेसम्म ब्लु डाइमन्ड सोसाइटी र झ्याल आर्ट्सले प्रायोजन गरेको नाटक एभरेस्ट फिल्म एकेडेमी र मण्डला थिएटर नेपालको सहकार्य मञ्चन हुन लागेको हो ।
एभरेस्ट फिल्म एकेडेमीका कलाकारहरू र मण्डला थिएटरका रंगकर्मीहरू शान्ता राई, सविन राई, विष्णु श्रेष्ठ, सोनिका शाही ठकुरी, लक्ष्मण केसी, शर्मिला लाम्गादे, अनिश बिमली, स्नेहा जोशी, शरद न्यौपाने, दीपक कोइराला, साइमन थापा, पुकार चापागाईंबीचको सहकार्यमा नाटक बनेको छ । नाटकलाई अमित गिरी र सन्तोष विष्टले निर्देशन गर्नुभएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता