अब नेपालका बारेमा धेरैकुरा लेख्नेछु : बलिउड गीतकार समिर अञ्जान

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडाैं । बलिउडका गीतकार समिर अञ्जानलाई काठमाडौंमा अभिनन्दन गरिएको छ ।

काठमाडौंको लुनकरणदास गंगादेवी चौधरी साहित्यकला मन्दिर र गीतकार संघ नेपालले शनिवार उहाँलाई एक कार्यक्रमको आयोजना गरी अभिनन्दन गरेको हो । समीर विश्वमै सबैभन्दा बढी गीत लेख्ने गीतकार समेत हुनुहुन्छ । विश्वमा सबैभन्दा बढी गीत लेखेबापत ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ मा नाम लेखाउनुभएका समिरले ६ सय ५० भन्दा बढी चलचित्रका लागि चार हजारभन्दा बढी गीत लेख्नुभएको छ ।

कार्यक्रममा बोल्दै समिरले नेपाली भाषा धेरै प्रिय रहेको बताउनु भयो । उहाँले नेपाली भाषा युद्धमा बोल्दा पनि माया गरेको जस्तो लाग्ने किसिमको मिठासपूर्ण रहेको बताउनु भयो । उहाँले आफू नेपालमा पहिलो पटक आएको र नेपालका बारेमा धेरैकुरा लेख्ने प्रतिवद्धता जनाउनु भयो ।

ADVERTISEMENT

कार्यक्रममा बोल्दै साहित्यकार वसन्त चौधरीले समिर अञ्जान कसैका लागि पनि अञ्जान नाम नभएको बताउनु भयो । उहाँले मानिसहरु उहाँका गाना सुनेर र गुन्गुनाएर उहाँको माया प्रकट गर्ने बताउनु भयो । उहाँले अञ्जानले भारतीय गीतहरु उल्लेख्य रुपमा रचना गरेको स्मरण गर्नुभयो । उहाँले गीतले हरेक मानिसलाई जिउन सिकाउने बताउनु भयो ।

गीतकार समिरका ‘परदेशी परदेशी’, ‘तुम पास आए’, ‘मेरा दिल भी कितना पागल हे’, ‘कभी खुसी कभी गम’, ‘मुझे निन्द ना आए’, ‘तुम दिलकी धडकन मे’ लगायतका गीत लोकप्रिय रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *