काठमाडौं । नेपाली टेनिस खेलाडी सुनिरा थापाले विमान २९औं राजशाही अन्तर्राष्ट्रिय यु-१८ जुनियर टेनिस प्रतियोगिताको महिला डबल्समा रजत जित्नुभएको छ । बंगलादेशको राजशाहीमा शुक्रबार भएको फाइनलमा भारतका साइजयनी बनेर्जी र पाल उपाध्यायको जोडीले सुनिरा र श्रीलंकाकी दिनेथ्या धर्मरत्नेको जोडीलाई ७-५ र ७-६ को सेटमा पराजित गरे ।
प्रतियोगिता अड्भोकेट अब्दुस सलाम टेनिस कम्प्लेक्स, राजशाहीले आयोजना गरेको हो । यसअघि बंगलादेशको ढाकामा भएको केही दिनअघि सम्पन्न वल्र्ड टेनिस टुर जुनियर, जिआर ५को महिला सिंगल्समा सुनिराले नेपाललाई रजत दिलाउनुभएको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts