काठमाडौं । पुष्पपराग साहित्य प्रतिष्ठानको नियमित रचनावाचन कार्यक्रम सम्पन्न भएको छ । प्रतिष्ठानका अध्यक्ष डा.प्रदीप मैनालीको सभापतित्व तथा विभिन्न केन्द्र र मोफसलका अतिथिहरूको उपस्थिति रहेको उक्त कार्यक्रम ओम ज्ञान मन्दिर लोकन्थली भक्तपुरमा सम्पन्न भएको हो ।
कार्यक्रमा शीतल गिरी, राजेन्द्रकुमार बज्राचार्य, नारायण नेपाल, प्रमोद भण्डारी, लक्ष्मी बादी, उत्तम विचार भेट्वाल, आँचल शर्मा, उर्मिला कोइराला, विक्रम पवन परियार, प्रीति कार्की, नानी थापा, राधेश्याम ढकाल, एनबी जनकपुरी, एमपी पाण्डेलगायत व्यक्तिहरूले रचना वाचन गर्नुभएको थियो ।
संस्थाका आजीवन सदस्य तथा कार्यसमिति सदस्य राधिका पन्तको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा बहुविधाका सिर्जना सुनाइएको थियो । संस्थाका आजीवन सदस्य तथा कार्यसमिति सदस्य राजबाबु श्रेष्ठ ‘सागर’ ले संयोजन तथा सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा साहित्य, संगीत र कलाको संगम बनाउँदै लगिने जानकारीसमेत गराइएको थियो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा