काठमाडौं । गीतकार अम्बिका गुरुङको एकल शब्द र संगीतकार शंकर थापा ‘स्माइल’को एकल संगीतमा रहेका दुई गीतिसंग्रह ‘भाव’ र ‘अनुपम यात्रा’ विमोचन गरिएको छ । काठमाडौंमा बुधबार आयोजित एक विशेष समारोहमा यी दुई एल्बम एकसाथ विमोचन गरिएको हो ।
प्रमुख अतिथी संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति, प्रतिष्ठित संगीतकार शम्भुजित बाँस्कोटा, विशिष्ठ अतिथीहरू संगीत उद्योग संघ, नेपालका अध्यक्ष सूर्यबहादुर मगर, गीतकार संघ नेपालका अध्यक्ष वसन्त बित्यासी थापा, संगीतकार संघ नेपालका उपाध्यक्ष अष्ट लामा, एल्मबमा श्रष्टाद्वय गीतकार गुरुङ र संगीतकार थापा, राष्ट्रिय लोक सांस्कृतिक संघ नेपालका महासचिव योगेन्द्र उपाध्याय, पीम नेपालका अध्यक्ष माधवराज खरेललगायतले संयुक्त रूपमा उक्त एल्बमको विमोचन गर्नुभएको थियो ।
बिमोचन समारोहमा बोल्दै प्रमुख अतिथी बाँस्कोटाले संगीतकार थापा नेपाली गीतसंगीतको स्टार संगीतकार भएको बताउनुभयो । उहाँले उत्कृष्ट संगीत सिर्जनामार्फत श्रोताहरूको मन जितेर नेपाली संगीतमा एकछत्र राज गरिरेको भन्दै उहाँको प्रशंसा गर्नुभएको थियो ।
यस्तै गीतकार गुरुङलाई त्यागी गीतकारको उपमा दिँदै बाँस्कोटाले उहाँका सिर्जनाले नेपाली संगीतलाई निरन्तर रूपमा सिञ्चित गरिरहेको बताउनुभयो । यस्तै अन्य अतिथीहरूले आ-आफ्ना भनाइ राख्दै बधाई तथा शुभकामना दिनुभएको थियो ।
सार्वजनिक एल्बमहरूमध्ये ‘भाव’मा ‘यो मनले भन्छ, आँखा खोल्दा, सँगसँगै, आँखा नलागोस्, मात्तिएको बेला, अजम्बरी पिरती, रूपको बयान, छड्के नजर, मायाको छु भोको र धेरै भाउ नखोज’ जस्ता १० गीत समावेश छन् । त्यस्तै ‘अनुपम यात्रा’मा ‘देखिन तिमी जस्तो कोही, सदियौंदेखि, तिमीसँगै, भुल्न सकिन, कारण तिमी, तिमी टाढा, गुराँसैको फूल फुल्दा, बुझाउँ कसरी र कारण तिमी (फिमेल भर्सन)’ जस्ता नौ गीत समावेश छन् । सार्वजनिक दुवै एल्बमहलाई भावसागर इन्टरटेनमेन्ट एलएलसीले उत्पादन तथा बजार व्यवस्थापन गरेको हो ।
दुई एल्बमका पाँचवटा म्युजिक भिडियो पनि सार्वजनिक गरिएको समारोहमा वरिष्ठ चलचित्र सम्पादक नरेन्द्र खड्का, पहिलो महिला निर्देशक सुचित्रा श्रेष्ठलगायत एल्बमका गीतमा स्वर दिएका गायक गायिका तथा मोडलहरूको उपस्थिति थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts