काठमाडौं । प्रदीप खड्का, निशान श्रेष्ठ, बोरिस अधिकारी र ऋतिक राणा तेस्रो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिताको पुरुष सिंगल्सको सेमिफाइनलमा प्रवेश गरेका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा प्रदीपले निहालजंगबहादुर थापालाई ६–१, ६–७ र ६–३, निशानले आशिष खड्कालाई ६–०, ५–७ र ७–५, बोरिसले युगेन शेर्पालाई ६–३ र ६–४ तथा ऋतिकले आयुशमान घलेलाई ६–१ र ६–४ को सेटमा पराजित गर्नुभयो ।
महिला सिंगल्समा रायना शाहले प्रशंसा मोक्तानलाई ६–१ र ६–१, गंगा शर्माले दिभ्ना कार्कीलाई ६–० र ६–० तथा आद्या पौडेलले समृद्धि महर्जनलाई ६–३ र ६–१ को सोझो सेटमा हराउँदै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्नुभयो ।
वीर गणेशमान सिंह फाउण्डेसन तथा वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीद्वारा संयुक्त आयोजित प्रतियोगिताको भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा प्रवेश पन्त, साम्दुप लामा, सिमान्त गुरुङ, सन्तोष खत्री, भीमबहादुर थापा मगर, अनिल साही, जितेन्द्र परियार र कमलबहादुर भण्डारी क्वाटरफाइनलमा पुगे । ४५ वर्षमाथि पुरुष सिंगल्समा रोहित सुनुवार, विमलकुमार गुरुङ, मानबहादुर कटुवाल र महेश श्रेष्ठले क्वाटरफाइनल यात्रा तय गरे ।
५५ वर्षमाथि पुरुष सिंगल्समा विमलकुमार गुरुङ, सुशील पाण्डे, कमल थापा र जीवन घिमिरेले सेमिफाइनलमा स्थान पक्का गरे । ५५ वर्षमाथि पुरुष डबल्समा सुवर्ण धाक्वा र कृष्णराज घले तथा जीवन घिमिरे र सुदर्शन विष्टको जोडीले उपाधि भिडन्त पक्का गरे । ६५ वर्षमाथि पुरुष सिंगल्समा ध्रुव गुरुङ र मनोजशमशेर जंगबहादुर राणा सेमिफाइनलमा प्रवेश गरे ।
यू–८ ब्वाइज सिंगल्समा भिरल अग्रवालले रिधन श्रेष्ठलाई १०–३ र १०–८ तथा जिवश भट्टराईले साहंस बस्नेतलाई १०–७ र १०–३ को सोझो सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गर्नुभयो । सो स्पर्धाको गल्र्समा निम्ति कुँवरले इरिस श्रेष्ठलाई १०–८ र १०–३ तथा तभिसी राणाले येशी पाख्रिन तामाङलाई सिधा सेटमा १०–५ र १०–८ ले हराउँदै स्वर्ण भिडन्त पक्का गर्नुभयो ।
यू–१२ ब्वाइज सिंगल्समा स्पन्दन उदासले सांज्ञ रोकालाई ६–३ र ६–३ तथा विश्वविशेष डल्लाकोटीले अर्याशराज पौडेललाई ६–३ र ६–४ को सोझो सेटमा पाखा लगाउँदै फाइनलमा स्थान बनाउनुभयो । यू–९ ब्वाइज सिंगल्समा सभ्यजंग कार्की र निश्चल ज्ञवाली सेमिफाइनलमा पुगे ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts