
काठमाडौं । कृष्ण कुसुमको कथासंग्रह ‘पाश्र्वधुन’ विमोचन भएको छ । काठमाडौंमा शनिबार एक कार्यक्रमबीच कथाकार तथा कवि अभय श्रेष्ठ, साहित्यकार नयनराज पाण्डे, निबन्धकार तथा समालोचक कुमारी लामा, पत्रकार मोहराज शर्मा र लेखकका बुबा दीपकराज न्यौपानेले संयुक्तरूपमा उक्त कृतिको विमोचन गर्नुभएको हो ।
शिखा बुक्स काठमाडौंले प्रकाशन गरेको कथासंग्रहमा नेपाल र अमेरिकी परिवेशका तेह्र कथा समावेश छन् । साहित्यकार नयनराज पाण्डेले कुसुमका कथामा नौलोपन देखिएकोे बताउनुभयो । यसैगरी, कथाकार तथा कवि अभय श्रेष्ठले अलिक अगाडिबाटै कुसुमले कथा लेख्दै आएको र अहिले आउँदा निकै माझिएको बताउनुभयो । यस्तै, निबन्धकार तथा समालोचक लामाले मानवीय संवेदनाका मसिनो पाटोलाई अत्यन्तै फरक ढंगले टिपेको अब्बल र माझिएको लेखाइ भएको बताउनुभयो ।
यसअघि कुसुमको ‘अमृतको प्याला’ गजलसंग्रह, ‘अञ्जुलिमा अभियन्ता’ संयुक्त कवितासंग्रह, ‘अञ्जुलिमा अभियन्ता-२’ संयुक्त गजल संग्रहलगायत पुस्तक प्रकाशित छन् । उहाँले ‘परदेशका कथा’ कथासंग्रह र ‘आँगन छोडेपछि’ संस्मरण संग्रहको सम्पादन पनि गर्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच