
काठमाडौं । अष्ट्रेलिया पलायन हुनुभएका नेपाली राष्ट्रिय फुटबल टोलीका रक्षक दिनेश राजवंशी नेपाल सुपर लिग (एनएसएल)का लागि स्वदेश फर्कने हुनुभएको छ । पोखरा थन्डर्सले एनएसएलको दोस्रो संस्करणका लागि दिनेशलाई आफ्नो आइकोनिक खेलाडीको रूपमा भिœयाउने भएको हो ।
उहाँले भर्खरै अष्ट्रेलियाको भिक्टोरिया स्टेट लिगमा यति एफसीबाट खेल्नुभएको थियो । अघिल्लो सिजन ‘ए’ डिभिजन लिगमा चर्च ब्वाइज युनाइटेडबाट खेल्नु भएका दिने गत जनवरीमा नेपाल छोडेर अष्ट्रेलिया जानुभएको थियो । उहाँले नेपालकातर्फबाट २६ खेल खेल्नुभएको छ । जसमा २४ खेलमा सुरुवाती रोजाइमा खेल्नुभएको थियो ।
उहाँले २०७८ को ‘ए’ डिभिजन लिग सिजन मनाङ मस्र्याङ्दी क्लबको प्रतिनिधित्व गर्नुभएको छ । उहाँले एनएसएलको पहिलो संस्करणमा धनगढी एफसीबाट खेल्नुभएको थियो । पोखराले आयुष घलानलाई मार्की खेलाडीका रूपमा अनुबन्ध गरेको छ । गरिसकेको छ । दोस्रो संस्करणमा पोखरा टोलीलाई भारतीय प्रशिक्षक मेहराजुद्दिन वाडुले प्रशिक्षण दिनुहुनेछ । नौ टोलीको सहभागितामा मंसिर ८ गते एनएसएल सुरु हुँदैछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच