गाउँपालिकाद्वारा एकीकृत घुम्ती सेवा शुभारम्भ

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 3 mins

गुल्मी । गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले नागरिकलाई सहज र प्रभावकारी रुपमा सेवा उपलब्ध गराउनका लागि एकीकृत घुम्ती सेवा शुभारम्भ गरेको छ । यहि कात्तिक २० गते सम्म सबै वडाहरुमा सञ्चालन हुने एकीकृत घुम्ती सेवा गाउँपालिकाको वडा नम्बर–१ रिडीबाट शुभारम्भ गरिएको छ ।

एकीकृत घुम्ति सेवामार्फत उपभोक्ता समितिका पदाधिकारीलाई प्रशिक्षण, उपभोक्ता समितिसँग योजना सम्झौता, व्यवसाय दर्ता एवम् नविकरण, ज्येष्ठ नागरिक परिचयपत्र वितरण, कृषकको माटो परीक्षण, कृषि तथा पशुपालन सम्बन्धी परामर्श तथा औषधीहरु वितरण, आयुर्वेद औषधी वितरण तथा स्वास्थ्य परिक्षण लगायतका विभिन्न सेवाहरु एकीकृत रुपमा प्रवाह गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिनुभयो ।

उपभोक्ता समितिहरुको अनुशिक्षण कार्यक्रममा उपभोक्ता समितिको काम कर्तव्य र अधिकार सहितका विषयमा जानकारी गराइने बताइएको छ । विगतका वर्षहरुमा उपभोक्ता समितिहरुले समिति गठनदेखि भुक्तानी प्रकृयासम्म कागजपत्र जुटाउन समस्या परेको अवगत भएपछि उपभोक्ता समितिको काममा सहजीकरणको लागि उपभोक्ता समितिको बैठक पुस्तिका तयार गरी वितरण गरिने उहाँले बताउनुभयो ।

ADVERTISEMENT

अबको स्थानीय सरकारको सेवा फेसलेस र पेपरलेसको आधारमा हुनुपर्ने आवश्यकता रहेकोले रुरुक्षेत्र गाउँपालिकाले आफ्ना सेवाहरु प्रविधिमैत्री बनाउँदै लगेको छ । पालिकाबाट सञ्चालन हुने विभिन्न योजनाहरु गुणस्तरीय रुपमा समयमै सम्पन्न गर्न उपभोक्ता समितिको महत्वपूर्ण भूमिका हुने गाउँपालिका उपाध्यक्ष मिना देवी गौतमले बताउनुभयो ।

त्यस अवसरमा गाउँपालिका यदु अध्यक्ष ज्ञवालीले गाउँपालिकाले जनताको सेवालाई पहिलो प्राथमिकता राखी शुसासनसहितको नागरिकमैत्री स्थानीय सरकार निर्माणमा आफू निरन्तर लागेको बताउनुभयो । गाउँपालिकाले गुणस्तरीय पूर्वाधार निर्माण, कृषि तथा पशुपालन, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा नागरिकलाई सहज रुपमा उपलब्ध गराउन कुनै कसुर बाँकी नराख्ने उहाँले उल्लेख गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज