बलिउड अभिनेता अमिताभ बच्चन विज्ञापनका कारण विवादमा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । बलिउड अभिनेता अमिताभ बच्चन एउटा विज्ञापनका कारण विवादमा तानिएका छन । उनले उक्त विज्ञापन अनलाइन रिटेल पोर्टल फ्लिपकार्टका लागि गरेका थिए ।

उक्त विज्ञापनमा अमिताभले ‘यो सेलमा स्पेशल मोबाइल फोन डील्स तथा यस्ता अफरहरु पाइनेछ, जुन रिटेल स्टोरमा उपलब्ध छैन’ भन्नु नै भारी परेको छ ।

ADVERTISEMENT

स्मार्टफोनका रिटेलरहरुले अमिताभ बच्चनको उक्त विज्ञापनको आलोचना गरेका छन् । यस बारेमा अमिताभविरुद्ध गुनासो पनि दर्ता गराएका छन् । स्मार्टफोन रिटेलरहरुले विज्ञापनले खरिदकर्तालाई झुक्याएको आरोप लगाएका छन् । अल इन्डिया मोबाइल रिटेलर्स एसोसिएशनले यस बारेमा स्मार्टफोन ब्राण्डलाई एउटा चिठ्ठि लेखेको छ ।

अमिताभको विज्ञापनमा विवाद भएपछि कम्पनीले आफ्नो यूट्यूब च्यानलमा उक्त विज्ञापनलाई प्राइभेट गरेको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?