मुम्बई । ४८ वर्षको उमेरमा पनि बलिउड अभिनेत्री मलाइका अरोरा आफ्नो बोल्ड र ग्ल्यामरस लुक्सका कारण चर्चामा रहने गर्नुहुन्छ । मंगलबार साँझ मलाइकाले जिओ वल्र्ड प्लाजामा भएको कार्यक्रममा बोल्ड ड्रेस लगाएर आइपुग्नुभएको थियो । जहाँ अभिनेत्री जान्हवी कपुर र सारा अली खान पनि उहाँको अगाडि फिक्का देखिन्थे ।
मलाइकाले कालो रंगको पारदर्शी पोशाक लगाएर कार्यक्रममा आइपुग्नु भएको थियो । मलाइकाले लेयरसहितको यो पारदर्शी पोशाकमा आफ्नो ‘टोन्ड फिगर’ देखाउनुभएको थियो । यो उमेरमा पनि मलाइकाको फिटनेस देखेर धेरे अचम्भित देखिन्थे । मलाइकाले कालो बोल्ड आउटफिटको साथ हरियो स्टोन्सको नेकलेस लगाउनु भएको थियो । मलाइकाले आफ्नो कपाल बन्डल गरेर र हातमा चाँदीको झोला बोकेर आफ्नो लुक पूरा गर्नुभएको थियो ।
यो उमेरमा पनि मलाइकाको फिटनेस तारिफयोग्य छ । कार्यक्रममा मलाइकाको कालो बोल्ड आउटफिटको तुलनामा जान्हवी-साराको लुक फिक्का भएको थियो । जान्हवी कपुरले चाँदीको रंगको डीपनेक ब्लाउज र लामो फिशटेल स्कर्टको साथ आफ्नो ग्ल्यामरस शैली देखाउनुभयो । जहाँ सारा अली खानले सुनौलो रंगको कपडामा आफ्नो स्टाइल देखाउनुभएको थियो ।
मलाइका, जान्हवी र सारा बाहेक कट्रिना क्याफ, आलिया भट्ट, दीपिका पादुकोण, करीना कपूर, करिश्मा कपुर, नोरा फतेही, जोन अब्राहम, राजकुमार राव, भूमि पेडनेकर, सलमान खान लगायत धेरै सेलिब्रेटीको जियो वल्र्ड प्लाजा उद्घाटन कार्यक्रममा सहभागिता थियो । एजेन्सी ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements