काराकस (भेनेजुयला) । संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को)ले मंगलबार भेनेजुएलाको राजधानी काराकसलाई संगीतको सिर्जनात्मक शहर तोकेको छ । युनेस्कोले यो वर्ष मंगलबार परेको विश्व शहर दिवसमा विश्वभरका ५५ शहरलाई सिर्जनात्मक शहरमा समावेश गर्नका लागि छनोट गरेको बताएको छ ।
युनेस्कोले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यी नयाँ शहर उनीहरूको विकास रणनीतिको हिस्साका रूपमा संस्कृति र सिर्जनात्मकताको उपयोग गर्ने र मानवकेन्द्रित शहरी योजनाहरूमा नवीन अभ्यास प्रदर्शन गर्ने दृढ प्रतिबद्धताका लागि स्वीकार गरिएको हो ।’
भेनेजुएलाका संस्कृतिमन्त्री अर्नेस्टो भिलेगासले आफ्नो एक्स अकाउन्टमा राजधानी शहरलाई बधाई दिँदै उक्त पद देशको सबैभन्दा प्रतीकात्मक संगीतकारमध्येका एक अली प्रिमेराको जन्मदिनसँग मेल खाएको बताउनुभयो ।
जुलाईमा काराकसका मेयर कारमेन मेलेन्ड्जले शहर स्थापनाको ४५६औं वार्षिकोत्सवमा युनेस्को क्रिएटिभिटी सिटी अफ म्युजिक पदका लागि आवेदन दिएको घोषणा गर्नुभएको थियो । रासस/सिन्ह्वा ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts