
काठमाडौं । काठमाडौंमा जाारी टी–२० विश्वकप छनोट खेलमा नेपालले मलेसियाविरुद्ध चार विकेट लिएको छ ।
टस जितेर आक्रामक ब्याटिङ गरिरहेको मलेसियाविरुद्ध अबिनाश बोहराले पाँचौं ओभरमा नेपालका लागि पहिलो विकेट लिएका हुन् ।
ओपनर जुबैदी जुलकिफलाई बोहराले कुशल मल्लबाट क्याच आउट गराए ।
यस्तै मलेसियाले ७ ओभरमा दोस्रो विकेट गुमायो । सातौँ ओभरको छैटौँ बलमा दोस्रो रन लिने क्रममा कप्तान अहमद फैज रनआउट भए ।
सन्दीप जोराको शानदार फिल्डिङबीच विकेटकिपर आसिफ शेखले रनआउट गरेका थिए।
११ ओभरको पहिलो बलमा लामिछानेले भिरानदीप सिंहलाई एलबीडल्बु गराए ।
यो समाचार तयार पर्दासम्म मलेसियाले १३.४ ओभरको समाप्तिमा तीन विकेट गुमाएर ११९ रन जोडेको छ । सुरुवातदेखि आक्रामक ब्याटिङ गरेको मलेसियाले भर्खर चौथो विकेट पनि गुमाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच