
बारा । बाराको कलैयामा सोमबार अज्ञात समूहको गोली प्रहारबाट घाइते भएका ३५ वर्षीय प्राधानाध्यापक गुड्डु भनिने रुपेश सर्राफको उपचारका क्रममा मृत्यु भएको छ ।
सर्राफको वीरगन्जस्थित नेपाल मेडिसिटी बयोधा हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरिक्षक सुरेश काफ्लेले जानकारी दिनुभयो ।
दुईवटा मोटरसाइकलमा आएका चारजना अपरिचित व्यक्तिले सर्राफमाथि गोली प्रहार गरेको उहाँले बताउनुभयो ।
स्कुलबाट मोटरसाइकलमा घरतर्फ जाँदै गरेका सर्राफमाथि अज्ञात समूहले गोली प्रहार गरेको थियाे र उनको छाती र पेटमा दुईवटा गोली लागेको उहाँले बताउनु भयाे ।
घाइते सर्राफलाई सुरूमा कलैयाकै प्रादेशिक अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारका लागि वीरगन्जस्थित नेपाल मेडिसिटी वयोधा हस्पिटल ल्याइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।’
सर्राफलाई कसले र किन गोली हानेको बारेमा अहिलेसम्म खुल्न सकेको छैन प्रउ काफलेले भन्नुभयो,‘ गोली प्रहार गरी फरार भएकाहरुको खोजी भइरहेको उहाँले बताउनुभयो ।’
सोमबार दिउँसो करिब साढे १२ बजेतिर प्रधानाध्यापक सर्राफमाथि गोली प्रहार भएको थियो ।
सर्राफका दुई जना छोराहरु रहेका छन् । छोराहरुमा जेठो ८ वर्षका र कान्छो पाँच वर्ष रहेको परिवारिक श्रोतले जानकारी दिएको छ ।
प्रअ सर्राफ सरल स्वभावका थिए । उनी सबै सँग मिल्ने मान्छे थिए । तर उनलाई कसले र किन हत्या गर्यो भन्ने थाहा नभएको पारिवारजनको भनाइ रहेको छ । सर्राफ र उनका दाइ सुमोद दुबै जनाको संयुक्त शेयरमा उनीहरु बोर्डिङ्ग संचालन गर्दै आउनु भएको थियो । सर्राफ पाँच दाजुभाई रहेको जनाइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच