काठमाडौं । अघिल्लो दिन प्रतितोला १५ हजार ९ सय रुपैयाँले घटेको सुन मंगलबार फेरि २ हजार ६ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार ६ सय रुपैयाँले घटेको हाे । यससँगै आज सुनको मूल्य प्रतितोला १ लाख ४८ हजार ७ सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै आज चाँदीको भाउ प्रतितोला २५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १८४५ रुपैयाँ रहेको चाँदी आज भने १८२० रुपैयाँमा काराेबार भैरहेकाे छ ।






