बलात्कार आरोपमा एकजना पक्राउ

डम्बर बोहरा बैतडी, संवाददाता
डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 1 min

बैतडी । बैतडीमा जबरजस्ती करणी गरेको आरोपमा एक किशोर पक्राउ परेका छन् । जिल्लाको पञ्चेश्वर गाउँपालिका-४ की १८ बर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा सोही ठाउँका १८ बर्षीय किशोरलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।

ती किशोरले किशोरीलाई असोज २७ र भदौ २३ गते राति घरमै बोलाएर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा किशोरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताउनुभयो ।

ADVERTISEMENT

हिजो पक्राउ परेका किशोरमाथि अदालतबाट ५ दिनको म्याद थपेर अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *