काठमाडौं । मानव पुस्तकालयको १७औं शृंखलामा मानव पुस्तकालयका रूपमा साहित्यकार रामप्रसाद पन्त र तथा कवि महेश प्रसाईले आ-आफ्ना अनुभव र योगदान सुनाउनुभयो । नव पुस्तकालय तथा ज्येष्ठ नागरिक मिलन केन्द्र सुकेधारा धोबीखोला किनारमा सम्पन्न उक्त कार्यक्रममा कवि प्रसाईले आफ्नो पारिवारिक, पृष्ठभूमि तथा देशको राजनीतिक, सामाजिक, साहित्यिक आवस्थाको चित्रण गर्दै अब साहित्यकारहरूले देश खोज्ने बेला आएको छ भन्नुभयो ।
यसैगरी अर्का मानव पुस्तकलय रामप्रसाद पन्तले पनि आफ्नो पारिवारिक परिवेश, बाल्यावस्थालगायत आफूले पाएका पुरस्कार, साहित्यिक योगदान, लामो समयसम्म साहित्यिक पत्रिकाको सम्पादन तथा प्रकाशन गर्दाका अनुभवहरू बताउनुभएको थियो । मानिस नै ज्ञानको भण्डारका रूपमा रहेको एउटा पुस्तकालय हो भन्ने मान्यताका आधारमा मानिसलाई पुस्तकालय मानेर विगत डेढ वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको यस कार्यक्रमको अध्यक्षता पुस्तकालयका अध्यक्ष विष्णुप्रसाद पन्तले गर्नभएको थियो । समालोचक युवराज मैनालीको स्वागत मन्तव्य तथा प्राडा.अर्जुनदेव भट्टको धन्यवाद ज्ञापन रहेको सो कार्यक्रमको सञ्चालन सुचिता काफ्लेले गर्नुभएको थियो ।
ठाकुर शर्मा भण्डारी, इन्द्रकुमार श्रेष्ठ सरित, मातृकाप्रसाद पन्त, विवेश पन्त, गोविन्दप्रसाद आत्रेय, रमेश कार्की, चन्द्रप्रसाद पन्त, केशवराज पन्त, नवराज कडुवाल, ठाकुरप्रसाद प्याकुरेल, किस्मतराज उपाध्याय, जीवन बुढालगायत व्यक्तित्वहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा निर्मलरमण पराजुली, विजयध्वज थापा, तेजनाथ दंगाल, विनोद दाहाल वत्स, दुर्गा अधिकारी भमरकोटे, सुरेशराज बैद्य, कृष्णप्रसाद बस्याल, टंकबहादुर बजगाई, रामचन्द्र दाहाल तथा दीपक पौडेलले आ-आफ्ना रचना वाचन गर्नुभएको थियो भने महेशप्रसाद रिजाल तथा मेनुका आचार्य दंगालले गीत गाउनुभएको थियो । तिलकप्रसाद लुइँटेल र सर्वज्ञ वाग्लेले समसामयिक नेपाली साहित्यका बारेमा विचार व्यक्त गर्नुभएको थियो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts