काठमाडौं । घुम्ती कवि गोष्ठी नेपालको १३१औं रचनावाचन कार्यक्रम सम्पन्न भएको छ । प्रसिद्ध साहित्यकार पूर्णप्रकाश नेपाल यात्रीको संस्मरणमा स्थापना भएको यात्री पुस्तकालय कपन खरीको बोटामा आयोजना भएको उक्त कार्यक्रम कवि तथा पुस्तकालयका अध्यक्ष त्रिलोचन आचार्यको सभापतित्व तथा साहित्यकार विनोद दाहाल वत्सको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
कार्यक्रममा परशुराम अधिकारी, माधवलाल श्रेष्ठ, दुर्गा अधिकारी भमरकोटे, ओमप्रसाद कोइराला, रामचन्द्र दाहाल, विनोद दाहाल वत्स तथा त्रिलोचन आचार्यले अ-आफ्ना रचना वाचन गर्नुभएको थियो । कार्यक्रममा संस्था विधिवत् दर्ताका लागि विधानमाथि छलफलसमेत भएको थियो ।
मावधलाल श्रेष्ठले सञ्चालन गर्नुभएको उक्त कार्यक्रमामा साहित्यिक पत्रकार निबन्ध आचार्यको पनि उपस्थिति रहेको थियो । प्रमुख अतिथि विनोद दाहाल वत्सले घुम्ती कवि गोष्ठीको साहित्यिक योगदान बारे चर्चा गर्नुभएको थियो भने सभापति आचार्यले मन्तव्यसहित कार्यक्रमको समापन गर्नुभएको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts