काठमाडौं । बडादशैँ, तिहार, नेपाल सम्वत, छठ जस्ता चाडपर्वहरूको उपलक्ष्यमा चलचित्र कलाकार संघले काठमाडौंमा एक शुभकामना कार्यक्रम आयोजना गरेको छ । संघले नियमित रूपमा आयोजना गर्दै आइरहेको यो कार्यक्रम यस वर्ष पनि आयोजना गरिएको हो ।
‘अग्रजलाई सम्मान, नयाँलाई प्रोत्साहन’ भन्ने उद्दघोषका साथ आयोजना गरिएको उक्त कार्यक्रममा विशिष्ट लेखक, निर्देशक, चलचित्रकर्मी यादव खरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
सहभागिहरूलाई यादव खरेलले दुर्गा भवानीको प्रसाद स्वरूप टीका-जमरा लगाइदिनुभएको थियो । संघका निवर्तमान अध्यक्ष रवीन्द्र खड्काको संयोजनमा आयोजना गरिएको उक्त कार्यक्रमको सहजीकरण अभिनेता लय संग्रौलाले गर्नुभएको थियो ।
संघ स्थापनाको ३५ वर्ष पुगेकाले यो वर्ष टीका लगाउनेलाई ३५ रुपैयाँ दक्षिणा प्रदान गरिएको थियो । दक्षिणाको व्यवस्थापन संघका महासचिव सविन श्रेष्ठले गर्नुभएको थियो । सहभागी अधिकांशले प्राप्त दक्षिणामा रकम थप गरी संघको कल्याणकारी कोषलाई रकम प्रदान गरेको संघका कोषाध्यक्ष सुनिल कटुवालले जानकारी गराउनुभयो । उक्त रकम पैँतीस हजार पुगेको पनि कटुवालले बताउनुभयो ।
संघले सह-कोषाध्यक्ष पवित्रा आचार्यको संयोजकत्वमा कलाकार कल्याणकारी कोष गठन गरेको छ । कार्यक्रममा संघका अध्यक्ष मोहन निरौला, पूर्वअध्यक्ष कृष्ण मल्ल्ल, सल्लाहकार राजकुमार राई, निर्मल शर्मा, मुकुन्द किशोर भट्टराई, सुचित्रा श्रेष्ठ, निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, द्वन्द्व संघका अध्यक्ष नारायण प्रधान, जय श्रेष्ठ, डा.श्याम खड्का, चलचित्र संघका उपाध्यक्ष गोपालकाजी कायस्थ, संघका उपाध्यक्ष शिवहरि बैरागीलगायत पदाधिकारी तथा सदस्य एवं ठूलो संख्यामा कलाकारको उपस्थिति थियो ।
कार्यक्रम आयोजक समितिमा रहनुभएका राजेश महर्जन, रामेश्वर केसी, जीवन थापा, राजु शाही, स्थान उपलब्ध गरेर सहयोग गर्ने प्रबन्धक दुर्लभ कार्की तथा सहभागी सबैलाई संयोजक रवीन्द्र खड्काले धन्यवाद दिनुभएको थियो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts