काठमाडौं । वीर गणेशमान सिंह फउण्डेशन तथा वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको संयुक्त आयोजनामा तेस्रो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता कात्तिक १८ गतेदेखि हुनेभएको छ । प्रतियोगितामा सिनियर, भेट्रान र जुनियरमा गरी जम्मा २३ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक कमिटीका संयोजक सञ्जीव तुलाधरले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो । सिनियरमा चार, भेट्रानमा सात र जुनियरमा १२ स्पर्धामा खेल हुनेछ ।
सिनियर र भेट्रानमा गरी जम्मा नौ लाख पाँच हजार नगद पुरस्कार रहेको कमिटीका राजन खत्रीले जानकारी दिनुभयो । उहाँकाअनुसार गत संस्करणभन्दा पुरस्कार राशीमा दुई लाख पाँच हजार वृद्धि गरिएको छ । जुनियरमा भने प्रोत्साहनस्वरूप गिफ्ट हृयाम्पर प्रदान गरिनेछ ।
नेपाल टेनिस संघको प्राविधिक सहयोगमा हुने प्रतियोगिता सञ्चालन गर्न करिब ३५ लाख रुपैयाँ खर्च हुने बताइएको छ । आठ दिने प्रतियोगिताका खेल सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुनेछ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts