काठमाडौं । बडादशैँ एवं तिहारको छेको पारेर गीतकार प्रकाश सुवेदीको गीत ‘फर्क छिट्टै घर प्यारा’ सार्वजनिक भएको छ । जुनु रिजालको स्वर, शिशिर योगीको संगीत, साहस शाक्यको संगीत संयोजन र साजन शाहको ध्वनि सम्पादन रहेको गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो । भिडियो कभर मिडियाका वीरेन्द्र भाट विपिनले तयार पार्नुभएको हो ।
कहिलेसम्म बसुँ एक्लै मनको रहर मारी
फर्क छिट्टै घर प्यारा बिसाई काँधको भारी
कमाउनकै लागि विदेशिनुपर्ने बाध्यता र आफ्ना प्रियजनहरूसँग विछोडिनुपर्ने नेपालीहरूका कारुणिक अवस्थालाई गीतकार प्रकाश सुवेदीले यो गीतमार्फत् प्रस्तुत गर्नुभएको छ ।
प्रकाश सुवेदीको ‘फर्क छिट्टै घर प्यारा’ सार्वजनिक
Read Time = 1 min
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता