काठमाडौं । सीताराम पोखरेलको स्वरमा रहेको गीत ‘चित्त दुख्छ रे उनकै’ सार्वजनिक भएको छ । मुनाल शिशिर कोइरालाको शब्द, शरद अधिकारी ‘सागर’ को संगीत र सञ्जय श्रीपालको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
मुनाल शिशिरकै निर्देशन रहेको गीतमा गायक पोखरेलले मायालुले आफूप्रति गरेको व्यवहारबारे गुनासो पोख्नुभएको छ । गायक पोखरेल र उषा उप्रेतीको अभिनय रहेको भिडियो एक जोडी प्रेमीको कथामा बुनिएको छ । भिडियोमा सुजन श्रेष्ठको छायांकन र सिलन लम्सालको सम्पादन छ ।
तीन दशकभन्दा लामो समयदेखि गायनमा सक्रिय गायक पोखरेलका यसअगाडि थुप्रै गीत सार्वजनिक छन् । गायनका अलावा मोडलिङमा पनि सक्रिय पोखरेलका दर्जनौं गीत हिट छन् ।






