काठमाडौं । टोखा नगरपालिकाको सहकार्य, अर्थ नेपाल प्राईभेट लिमिटेडको आयोजना र ज्योति विकास बैंकको प्रस्तुति रहेको 'सहारा ग्रुप पाँचौ सगरमाथा म्युजिक अवार्ड २०८०' सम्पन्न भएको छ ।
थुप्रै विधामा वितरण गरिएको अवार्डमा सर्वोत्कृष्ट पप-आधुनिक गायिकाको अवार्ड गायिका झुमा निरौलाले प्राप्त गरेकी छन् ।

लामो समय देखी गीत संगीतको क्षेत्रमा संघर्षरत गायिका निरौलाको यो पहिलो अवार्ड हो । सुगम संगीतमा आफ्नो छुट्टै पहिचान बनाएकी गायिका निरौलाका थुप्रै गीतिसंग्रहहरु सार्वजनिक भैसकेका छन् ।
पछिल्लो समय सार्वजनिक 'तिम्रो माया...' बोलको गीतबाट आफुलाई अवार्ड प्राप्त हुँदा अत्यन्तै खुशी लागेको निरौलाले बताइन् । आफ्नो कामबाट यसरी सम्मान प्राप्त हुँदा आगामी दिनमा अझै राम्रो काम गर्ने हौसला मिल्ने उनको भनाइ छ ।
गौतम डंगोलको शब्द, भीषण निरौलाको संगित, उदय राज पौडेलको एरेन्ज रहेको उक्त गीतमा झुमाको स्वर रहेको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts