
रियो । ब्राजिल सन् २०२६ को फिफा विश्वकप छनोटअन्तर्गत दक्षिण अमेरिकी छनोटमा घरेलु मैदानमा भेनेजुएलासँग १-१ गोलको बराबरीमा रोकिएको हो । ब्राजिलका लागि डिफेन्डर गाब्रिएलले गोल गर्दा भेनेजुएलाका इडवार्ड बेलोले बराबरी गोल फर्काउनुभएको थियो ।
खेलको ५०औं मिनेटमा गाब्रिएलले गोल गर्दै ब्राजिललाई १-० को अग्रता दिलाउनुभयो । उहाँले नेमारको पासमा गोल गर्नुभयो । ८५औं मिनेटमा परिवर्तित खेलाडी इडवार्ड बेलोले बराबरी गोल फर्काउनुभयो । उहाँ ८०औं मिनेटमा स्यामुइल सोसाको स्थानमा मैदान छिर्नुभएको थियो । उहाँले मैदान पसेको पाँच मिनेटमै जेफर्सन साभारिनोको पासमा गोल गर्नुभएको थियो ।
यसअघि ब्राजिलले घरेलु मैदानमा भएको विश्वकप छनोटमा १४ खेलमा जित निकालेकोमा यो बारबरीसँग उसको घरेलु मैदानमा जितको सिलसिलमा पनि पूर्ण विराम लागेको छ । यस बराबरीले ब्राजिलले शीर्षस्थानको अर्जेन्टिनासँग अंक बराबरी गर्ने अवसर गुमाएको छ । अपराजित रहेको ब्राजिलको तीन खेलबाट सात अंक छ । समान खेलबाटै शीर्षस्थानको अर्जेन्टिनाको नौ अंक छ । ब्राजिललाई बराबरीमा रोकेको भेनेजुएला तीन खेलबाट चार अंक जोडेर छैटौं स्थानमा छ ।
यस्तै अर्को खेलमा अर्जेन्टिनाले भने लगातार तेस्रो जित हात पार्ने क्रममा पाराग्वेलाई १-० ले पराजित गरेको छ । अर्जेन्टिनाको जितमा निकोलस ओटामेन्डीले निर्णायक गोल गर्नुभयो । यस जितसँगै अर्जेन्टिना तीन खेलबाट तीन जितसहित नौ अंक जोडेर दक्षिण अमेरिकी छनोटमा शीर्षस्थानमा रहेको छ । पराजित पाराग्वे एक अंक जोडेर नवौं स्थानमा छ ।
छनोटमा दक्षिण अमेरिकाका १० राष्ट्र रहेका छन् । सबै राष्ट्रले एक आपसमा खेल्नेछन् । छनोटमा शीर्ष ६ रहने टोली विश्वकपमा छनोट हुनेछ । सातौं स्थानमा रहने टोलीले प्ले अफ खेल्नुपर्ने हुन्छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच