काठमाडौं । नेपाल पे क्युआरमा दुई लाखभन्दा बढी मर्चेन्ट आबद्ध भएका छन् । नेपाल क्लियरिङ हाउसले कार्यान्वयनमा ल्याएको नेशनल पेमेन्ट स्विचअन्तर्गत नेपाल-क्युआर स्ट्याण्डर्डअनुसारको क्युआर अन्तरआबद्धता कायम गर्ने गरी नेपाल पे क्युआर सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ ।
क्युआर स्किमका रूपमा पनि रहेको नेपाल पे क्युआरले मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तरआबद्धता कायम गर्न सक्ने व्यवस्था रहेको छ । कम्पनीका अनुसार हाल २३ बैंक तथा वित्तीय संस्था तथा दुई भुक्तानी सेवा प्रदायकमार्फत् व्यावसायिक ग्राहक नेपाल पे क्युआरमा आबद्ध हुन सक्छन् भने १६ बैंक वित्तीय संस्था तथा चार भुक्तानी सेवा प्रदायकका वालेटमार्फत् स्क्यान र पेको सुविधा उपलब्ध रहेको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements