भोजपुर । साधारण धार तर्फ सामुदायिक विद्यालयबाट एसइई परीक्षामा उत्कृष्ट जिपिए ल्याउने दलित छात्रालाई कर्मचारी मिलन केन्द्र भोजपुरले सम्मान गरेको छ ।
नजिकिँदै गरेको विजयादशमी, शुभ दिपावली, छठ र नेपाल सम्वतको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा मिलन केन्द्रले जिल्लाको दक्षिण हतुवागढी गाउँपालिका वडा नम्वर ९, हसनपुरको जनसेवा माविबाट २०७९ सालको एसइई परीक्षामा तीन दशमलव ३५ प्रतिशत जिपिए ल्याउने दलित छात्रा जुना आछामीलाई सम्मान गरेको हो ।
जुनालाई दोसल्ला, प्रमाण पत्र र नगद सातहजार पाँच सय पाँच रुपैयासहित जिल्ला न्यायाधिश मणीराम न्यौपाने, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे, केन्द्रका अध्यक्ष जिवन धमलाले सम्मान गर्नु भयो ।
सो क्रममा सम्मानित जुनाले सम्मानले आफुमा थप हौसला बढेको बताउँदै आगामी दिनहरुमा पनि लगनशील भएर अध्ययन गर्दै देशको सेवामा लाग्ने बताउनुभयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts