पुनः अधिकारीकै नेतृत्वमा रोयल्टी संकलन समाज

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । संगीत रोयल्टी संकलन समाज नेपालको अध्यक्षमा पुनः संगीतकार सुरेशचन्द्र अधिकारी पुनः निर्वाचित हुनुभएको छ । शनिबार आयोजित समाजको १४औं साधारण सभाले उहाँलाई पुनः निर्विरोध अध्यक्ष चुनेको हो । सभाले समाजको सदस्यहरूमा चन्द्र शर्मा, बि.पाण्डे, प्रमोद ढुंगाना, वसन्त सापकोटा, शिरीष देवकोटा, पिएन सापकोटा, रामु खड्का, सुजन लम्साल, सुवास रेग्मी र प्रसाद लामिछाने छानेको छ ।

उद्घाटन सत्रको कार्यक्रममा अध्यक्ष सुरेश चन्द्र अधिकारीको अध्यक्षता रहेको थियो भने नेपाल संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको प्रमुख आतिथ्यता रहेको थियो । सुवास रेग्मीले स्वागत मन्तव्य राख्नुभएको थियो भने महासचिव बद्री पाण्डेले संस्थागत प्रतिवेदन प्रस्तुत गर्दै भाबी योजनाका बारेमा जानकारी गराउनुभएको थियो ।

ADVERTISEMENT

त्यस्तै कोषाध्यक्ष वसन्त सापकोटाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । औपचारिक कार्यक्रमको सञ्चालन चन्द्र शर्माले गर्नुभएको थियो । बन्दशत्रको कार्यक्रम सञ्चालन पिएन सापकोटाले गर्नुभएको थियो । निर्वाचन कमिटीको संयोजकको रुपमा सेमन्तमणी खराल रहनुभएको थियो ।

कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष अम्मर बिरही गुरुङ, वरिष्ठ संगीतकार राजु सिंह, अग्रज गायक प्रेमराजा महत, इन्देणीका कृष्ण कँडेल, चलचित्र निर्देशक तथा गीतकार मदन घिमिरे, गीतकार संघ नेपालका अध्यक्ष वसन्त बित्यासी थापा, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी अध्यक्ष रीता थापामगरलगायत धेरै कलाकार तथा पत्रकारको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?