एसियाडमा रजत पदक जितेकी धादिङकी एरिकालाई सरकारले साढे १९ लाख रुपैयाँ दिने

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 3 mins

धादिङ । चीनमा जारी १९ औं एसियाली खेलकुद एसियाडको रजत पदक धादिङको निलकण्ठ नगरपालिका-१३ कि एरिका गुरुङले जितेकी छन् ।

शनिबार ६८ केजी तौल समूह कराँतेमा एरिकाले नेपालका लागि पहिलो पदक जित्न सफल भएकी हुन् ।

यो जित सँग एरिकाले पुरस्कार वापत नेपाल सरकारबाट साढे १९ लाख रुपैयाँ पाउने भएकी छिन् । यो सँगै नेपालले १९ औं एसियाडमा करातेमा रजत र कबड्डीमा कास्यसहित दुई पदक जितेको छ। नेपाल सरकारले एसियाडमा नेपालले जितेको २ पदकका लागि खेलाडी, प्रशिक्षक र सम्बन्धित संघलाई गरि ८९ लाख ७० हजार रुपैयाँ पुरस्कार दिनेछ ।

ADVERTISEMENT

राष्ट्रिय खेलकुद विकास नियमवाली २०७९ को अनुसार एसियाडमा व्यक्तिगत स्पर्धामा रजत पदक जित्ने खेलाडीले १९ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने प्रावधान छ । एसियाड आज समापन हुँदैछ । समापन समारोह हाङजाउस्थित ओलम्पिक खेलकुद स्टेडियममा नेपाली समयअनुसार साँझ पौने ६ बजे सुरु हुनेछ । एसियाडमा ४ सय ८१ स्वर्ण पदकका लागि ४५ राष्ट्रका १२ हजारभन्दा बढी खेलाडीले ४० खेलका ६१ भन्दा बढी विधामा प्रतिस्पर्धा गरेका छन् ।

प्रतियोगिताको अन्तिम दिनसम्म आयोजक राष्ट्र चीनले पदक तालिकामा अग्रता कायमै राखेको छ। पछिल्लो पदक तालिकाअनुसार चीन २ सय स्वर्ण, १ सय ११ रजत र ७१ कास्यसहित कुल ३ सय ८ पदक जितेर शीर्ष स्थानमा छ । दोस्रो स्थानको जापानले ५१ स्वर्ण, ६६ रजत र ६९ कास्य पदक जितेको छ। दक्षिण कोरिया ४२ स्वर्ण, ५९ रजत र ८९ कास्यसहित तेस्रो स्थानमा छ । २८ स्वर्ण, ३८ रजत र ४१ कास्यसहित भारत चौथौ स्थानमा छ ।

ऐतिहासिक रजत पदक विजेता करातेकी एरिका गुरुङले एसियाली खेलकुद समापनमा नेपालको राष्ट्रिय झण्डा बोक्ने छिन् । सहभागी ४५ देशमध्ये २७ देशले स्वर्ण पदक जितेका छन् । नेपालसहित ४१ देशले पदकको खाता खोले । ४ देशले पदक जित्न सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?