काभा च्यालेन्ज कपमा नेपालसहित ६ राष्ट्र

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । नेपाली राष्ट्रिय भलिबल टोलीले अर्को साताबाट श्रीलंकामा सुरु हुने काभा पुरुष भलिबल च्यालेन्ज कपमा प्रतिस्पर्धा गर्ने भएको छ । असोज २२ गते सुरु हुने प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको छ ।

राउण्ड रोविन लिगपछि अंकतालिकाका शीर्ष दुई टोलीले फाइनल तथा त्यसपछिका दुई टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । नेपालले असोज २२ गते बंगलादेशसँग खेल्दै च्यालेन्ज कपको सुरुवात गर्नेछ ।

ADVERTISEMENT

नेपालले दोस्रो खेल असोज २३ गते श्रीलंकासँग, तेस्रो खेल असोज २४ गते अफगानिस्तानसँग, चौथो खेल असोज २५ गते साउदीसँग र असोज २६ गते उज्वेकिस्तानसँग खेल्नेछ ।

चीनमा जारी १९औँ एसियाली खेलकुदमा भाग लिएर फर्केको नेपाली टोली त्यसपछि नियमित प्रशिक्षणमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *