‘संघर्ष’ उत्कृष्ट

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । चौथो नेपाल सर्ट फिल्म अवार्ड २०२३ मा लघु चलचित्र ‘संघर्ष’ उत्कृष्ट भएको छ । विलक्षण क्रियसन प्रा.लि.र स्टार वान इन्टरटेनमेन्ट प्रा.लि.द्वारा आयोजित चौथो सर्ट फिल्म फेष्टिभल तथा अवार्ड समारोहमा संघर्ष उत्कृष्ट भएको हो ।

चरित्र भूमिकामा उत्कृष्ट चरित्र अभिनेताको वार्ड चलचित्र संघर्षबाटै प्रेम पाण्डेले जित्नुभएको छ । चलचित्र संघर्षबाटै उत्कृष्ट सम्पादकको अवार्ड शाहिल खानले प्राप्त गर्नुभयो । प्रतियोगितामा उत्कृष्ट अभिनेताको अवार्ड ‘कहानी एकादेशको’बाट सागर लम्साल बलेले जित्नुभयो । यस्तै उत्कृष्ट अभिनेत्रीको अवार्ड चलचित्र प्रवासीको जीवनबाट अभिनेत्री सरिता लामिछानेले प्राप्त गर्नुभयो ।

ADVERTISEMENT

उत्कृष्ट सिनेमेटोग्राफरको अवार्ड ‘ए हिँड्न लाइफ’बाट राजन खरेल प्राप्त गर्नुभयो भने उत्कृष्ट निर्देशकको अवार्ड चलचित्र ‘दुर्गमण्डु’बाट माधवराज खरेलले आफ्नो पोल्टामा पार्न सफल हुनुभयो । अवार्डका निर्णायकमा अभिनेता आर्यन सिग्देल, अभिनेता बीरेन्द्र हमाल, अभिनेता तेज गिरी र चलचित्र निर्देशक दिनेश राउत रहनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *