शिक्षक आन्दोलनले रोकिएको कक्षा आज शनिबार संचालन

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता

फाइल तस्वीर

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 2 mins

नवलपरासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाभित्रका विद्यालयहरूले शनिबार पनि पठनपाठन सञ्चालन गरेका छन्।

विद्यालय विधेयकको विरोध भएको आन्दोलनको क्रममा विद्यार्थीको पठनपाठन प्रभावित भएको अवस्थालाई मध्यनजर गर्दै शनिबार पनि पालिकाभित्रका सबै विद्यालय सञ्चालन गरिएको हो।

सुनवल नगरपालिकाभित्रका सबै सामुदायिक विद्यालयका प्रअहरूको बैठकद्वारा दुई दिन अवरुद्ध भएको पठनपाठन १३ गते र २७ गते सञ्चालन गर्ने निर्णय गरेको महाकवि देवकोटा नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक खेमलाल जोशी शर्माले बताउनु भयो । उहाँ भन्नुहुन्छ , 'शिक्षकहरु आन्दोलनमा जादा विद्यार्थीहरुको कक्षा नभएको र सो को क्षतिपूर्ति स्वरुप आज शनिबार कक्षा संचालन गरिएको छ ।' विद्यालय व्यवस्थापन समिति महासंघले आज शनिबार भएको पठनपाठनलाई सकारात्मक लिएको छ।

ADVERTISEMENT

शिक्षकहरू आन्दोलित हुँदा बन्द भएको पठनपाठन विभिन्न विकल्पद्वारा शोधभर्ना गर्ने भनी गरिएको प्रतिबद्धता अनुरूप पठनपाठन सञ्चालन हुनु सकारात्मक भएको विद्यालय व्यवस्थापन समिति महासंघ सुनवलका अध्यक्ष सूर्य न्यौपानेले बताउनु भयो ।

आज शनिबार विद्यालयहरू सञ्चालन हुँदा विद्यार्थीहरूको उपस्थिति भने न्यून रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?