एनआरएनएको आगामी अध्यक्षमा थापाको दाबी

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ महाधिवेशनका लागि अध्यक्ष पदमा रविना थापाले उम्मेदवारी घोषणा गर्नुभएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उहाँले उम्मेदवारी घोषणा गर्नुभएको हो । थापा हाल एनआरएनएको अध्यक्ष हुनुहुन्छ । १०औँ महाधिवेशनमा निर्वाचन हुन नसकेपछि अध्यक्ष पदका तीनैजना उम्मेदवारले अध्यक्षका रूपमा काम गर्ने सहमति भएको थियो ।

थापाले एनआरएनए ग्लोबल फण्डको महत्वाकांक्षी कार्यक्रम घोषणासमेत गर्नुभएको छ । एनआरएनएको प्रत्येक सदस्यले गर्व महसुस गर्ने यस्तो कोष एनआरएनएको सबैभन्दा ठूलो कोष हुने उहाँको दाबी छ । एनआरएनएको इतिहासमा पहिलोपटक अध्यक्ष महिलाका रूपमा छोटो अवधि काम गरेको अनुभवका आधारमा निर्वाचित भएर एक कार्यकाल काम गर्न चाहेको थापाले बताउनुभयो ।

ADVERTISEMENT

आफ्नो कार्यकालमा केही महत्वपूर्ण उपलब्धि भएको भन्दै उहाँले नेपाली नागरिकताका लागि संसद् र सरकारले महत्वपूर्ण निर्णय गरेको, नवौँ राष्ट्रिय खेलकुदमा पहिलोपटक एनआरएनएको टिम सहभागी भई पदकसमेत जितेको बताउनुभयो । त्यस्तै संघको काठमाडौंस्थित कार्यालयको पूर्वाधार विकास, पोखरामा स्मार्ट शौचालय, घुम्ती रक्तसञ्चार बस सेवा, विदेशमा रहेका नेपालीलाई समस्या परेमा तत्काल जानकारी गराउन २४ सै घण्टा खुला रहने हटलाइन सेवा सुरु गरेको थापाले जानकारी गराउनुभयो ।

विधानविपरीत प्यानल बनाएर निर्वाचनमा जाँदा संघमा मनमुटाव बढेको उल्लेख गर्दै उहाँले ११औँ महाधिवेशनमा प्यानल पूर्णरूपमा निषेध गरिनुपर्नेमा जोड दिनुभएको छ । पत्रकार सम्मेलनमा उहाँले सार्वजनिक गरेको २५ बुँदे घोषणापत्रमा संघको संरचनागत सुधारदेखि नेपाल र नेपालीको समृद्धिका लागि नेपाल सरकारसँग सहकार्य, स्वास्थ्य, शिक्षा, पूर्वाधार, पर्यटन, सञ्चार, कृषि ऊर्जालगायतका विभिन्न क्षेत्रमा लगानीलगायत एजेण्डा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?