चौथो संस्करणको ‘नेपाल म्युजिक एण्ड फेशन अवार्ड’ सम्पन्न

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 9 mins

काठमाडौं । चौथो संस्करणको ‘नेपाल म्युजिक एण्ड फेशन अवार्ड’ सम्पन्न भएको छ । विभिन्न ४० विधामा अवार्ड प्रदान गर्दै काठमाडौंमा एक विशेष समारोहबीच चौथो नेपाल म्युजिक एण्ड फेशन अवार्ड २०८० सम्पन्न भएको हो । पूर्व प्रधानमन्त्री तथा नेकपा समाजवादीका नेता झलनाथ खनालको प्रमुख आतिथ्यता रहेको समारोहमा मध्याहृन दैनिकका वरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठलाई विशेष पत्रकारिता योगदान सम्मान र अन्नपूर्ण पोष्टका सम्पादक अखण्ड भण्डारीलाई राष्ट्रिय पत्रकारिता योगदान सम्मानबाट सम्मानित गरिएको थियो ।

यस्तै ११ हजार १११ रुपैयाँसहितको यसपटकको चलचित्र पत्रकारिता पुरस्कार पत्रकार विष्णुप्रसाद सुवेदीलाई प्रदान गरिएको थियो भने आर्थिक पत्रकारिता सम्मान मनोज थापालाई, श्रव्यदृश्य पत्रकारिता सम्मान अनिषा कार्कीलाई, गीतकार सम्मान सविता पोखरेललाई, म्युजिक भिडियो निर्देशक सम्मान उमेश गुरुङलाई, ब्युटिसियन सम्मान लक्ष्मी महर्जनलाई, मेकअप आर्टिष्ट सम्मान टेकराज पाण्डेलाई प्रदान गरिएको थियो ।

यस्तै, मोडल तथा गीतकार अभि सुनार, मोडल तथा संगीतकार मनोज सिग्देल (उरेश), मोडल रमेश सेञ्चुरी, ब्युटिसियन रिता दुलाल, इभेन्ट को-अर्डिनेटर सपना गैरे पोखरेल, फोटोग्राफर सुजन सापकोटा, ब्युटिसियन सुनिरा श्रेष्ठ र लाइटम्यान सुनिलकुमार राउत पनि कार्यक्रममा सम्मानित हुनुभएको थियो ।

समारोहमा आधुनिक विधातर्फ उत्कृष्ट गायिकाको अवार्ड यो मनको आकाश गीतबाट अञ्जु पन्तले, गायिकाको जुरी अवार्ड तेजवती जोशीले, उत्कृष्ट गायकको अवार्ड नघोच यो छाती गीतबाट नारायण थापाले जित्नुभएको थियो । उत्कृष्ट गीतकारको अवार्ड छाती किन पोल्छबाट बैकुण्ठप्रसाद उपाध्यायले, यही गीतबाट म्युजिक भिडियो निर्देशकको अवार्ड राजेश थापाले र महिला मोडलको अवार्ड अभिनेत्री केकी अधिकारीले प्राप्त गर्नुभयो । आधुनिक गीत, गीतकारको जुरी अवार्ड महसुस गरबाट डा. विनु बाबा अर्यालले, आधुनिक गीत पुरुष मोडलको अवार्ड जाले रुमालबाट बुद्धि तामाङले, उत्कृष्ट संगीत संयोजकको अवार्ड हजार जुनिबाट साहस शाक्यले, म्युजिक भिडियो कोरियोग्राफरको अवार्ड ए हो र मायाबाट मौसम हिमालीले, म्युजिक भिडियो सिनेमाटोग्राफरको अवार्ड बाबा गीतबाट रन्धिर शाहले प्राप्त गर्नुभयो । पूर्वप्रधानमन्त्री खनालसहित संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति एवं गायक शम्भु राई, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलालगायतले विजेतालाई अवार्ड प्रदान गर्नुभएको थियो ।

समारोहमा लोकदोहोरीतर्फ काठे लोकदोहोरीे गायकको अवार्ड एउटा चिनोबाट नमराज ढुंगानाले, लोकदोहोरी गायकको अवार्ड धोको थिएनबाट रोशन खत्रीले, दोहोरी गायिकाको अवार्ड आइपुग्यो बाग्लुङबाट जुना श्रीष मगरले, लोकदोहोरी मोडल (पुरुष)को अवार्ड मुटु चस्केरबाट दीपेन्द्र सोनमले, लोकदोहोरी मोडल (महिला)को अवार्ड पागल मान्छेबाट अञ्जु निरौलाले, मोडल (महिला) जुरी अवार्ड एउटा चिनोबाट सिम्रन दुलालले, लोकदोहोरी म्युजिक भिडियो निर्देशकको अवार्ड हाइसन्चोबाट एकेन्द्र साराशंकरले प्राप्त गर्नुभयो ।

समारोहमा लोकगीत गायकको अवार्ड मेरी आमाबाट रमेश परियारले, लोकगायिकाको अवार्ड लाहुरे हुँ म गीतबाट मुना शाहले, सर्वोत्कृष्ट देउडा गायिकाको अवार्ड बौजु गीतबाट झुमा लिम्बूले आफ्नो पोल्टामा पार्नुभयो ।

ADVERTISEMENT

कार्यक्रममा चलचित्रतर्फ उत्कृष्ट चलचित्र गीत गायिकाको अवार्ड चलचित्र दिलमाया-२ को छुट्छ कि साथ गीतबाट सरु गौतमले, चलचित्र गीत गायकको अवार्ड चलचित्र रोशनीको अधुरो छु म तिमीबिनाबाट ओम सुनारले प्राप्त गर्नुभयो भने आदिवासी गीततर्फ तामाङ भाषा गायिकाको अवार्ड म्हेन्दोरी लोई गीतबाट रमला पाख्रिन तामाङले र नेपाल भाषा गीत उत्कृष्ट गायिकाको अवार्ड हाकु दाइचा गीतबाट तेजवती जोशीले पाउनुभयो ।

यस्तै, पप विधातर्फ आधुनिक पप गायकको अवार्ड तिमीलाई हेरी हेरी रहनेबाट आर्जन पाण्डेले, वर्षकै सर्वोत्कृष्ट लोक पप गीतको अवार्ड गायकबाट दुई नजरमार्फत् सुरेन्द्र गौतमले, लोक पप गायकको जुरी अवार्ड नवीनकुमार पौडेलले १८ कट्यौकी कटेनौ गीतबाट पाउनुभयो भने उत्कृष्ट लोक पप गीत गायकको अवार्ड मेरी मायालुबाट आश्रय रञ्जितले हासिल गर्नुभयो ।

यस्तै, लोक पप गायक पब्लिक च्वाइस अवार्ड भागी भागी नजाउबाट गणेश थापाले, लोक पप गायिकाको अवार्ड पियारीबाट सहिमा श्रेष्ठले, लोक पप संगीतकारको अवार्ड क्लियर कटबाट योगेन्द्र उपाध्यायले प्राप्त गर्नुभयो । यस्तै, उत्कृष्ट पप गीत गायकको अवार्ड राम थेँ म गीतबाट हेमन्त शिशिरले, लोक पप म्युजिक भिडियो मोडल (पुरुष)को अवार्ड पियारी गीतबाट रमेश चन्द सोडारीले, लोक पप म्युजिक भिडियो बाल मोडलको अवार्ड फस्दै गएछु गीतबाट दिप्सन चिलुवालले र लोक पप कोरियोग्राफरको अवार्ड ए केटा मादलु गीतबाट दिवस गिरीले हासिल गर्नुभयो ।

अवार्डका निर्णायकहरूमा गायिका जुनु रिजाल, गायक तथा मोडल दुर्गेश थापा, गायक रोशन सिंह, म्युजिक भिडियो निर्देशक वविता श्रेष्ठ र दृश्य सम्पादक वीरेन्द्र भाट (विपिन) रहनुभएको थियो ।

अवार्ड समारोहमा फेशन विधातर्फ पनि विभिन्न अवार्ड प्रदान गरिएको थियो । जसमा उत्कृष्ट प्रोफेसनल नेल टेक्निसियन अवार्ड शशी देवी घिमिरेले, उत्कृष्ट ब्युटिसियनको अवार्ड कुष्मा ओलीले, उत्कृष्ट फेशन एण्ड म्युजिकल प्रोग्राम अर्गनाइजर अवार्ड जोहन श्रेष्ठले हासिल गर्नुभयो । फेशनतर्फको जुरीमा कोरियोग्राफर अश्विनीकान्त झा हुनुहुन्थ्यो । विलक्षण क्रियशन प्रालि र स्टारवान इन्टरटेनमेन्ट प्रालिले आयोजना गरेको कार्यक्रममा विभिन्न कलाकारले सांगीतिक प्रस्तुति दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *