विमल पनि अष्ट्रेलिया प्रस्थान

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगर पनि अष्ट्रेलिया जानुभएको छ । एक दशकभन्दा लामो समयदेखि राष्ट्रिय टोलीका सदस्य रहेका विमल शुक्रबार अष्ट्रेलिया जानुभएको हो । एन्फा एकेडेमीका उत्पादन उनले सन् २०१२ मा बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा डेब्यु गर्नुभएको थियो ।

ADVERTISEMENT

उहाँ मच्छिन्द्र क्लबबाट शहीद स्मारक ‘ए’ डिभिजन लिग खेल्नुभएको थियो । सन् २०१५ मा नेपालले विमलको कप्तानीमा पहिलो यु-१९ साफ च्याम्पियनसिप जितेको थियो । भारतलाई हराउँदै नेपालले उपाधि जितेको थियो । पछिल्लो दुई वर्षमा राष्ट्रिय टोलीबाट नियमित खेल्दै आएका सहित ५० भन्दा बढी फुटबल खेलाडी सुखद् भविष्यको आशामा अष्ट्रेलिया पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?