संयुक्त राष्ट्र संघको महासभामा अफगानी महिलालाई शिक्षाबाट वञ्चित गर्नु नहुने बहस

न्युज एजेन्सी नेपाल
न्युज एजेन्सी नेपाल
Read Time = 1 min

काठमाडाैं । संयुक्त राष्ट्रसंघको महासभाका अध्यक्ष डेसि फ्रान्सिसले बिहीवार अफगानी अधिकारीहरुले महिललाई उचित शिक्षा प्राप्त गर्नबाट वञ्चित गर्नु नहुने बताउनुभएको छ ।

बैठकमा उहाँले अफगानी अधिकारीहरुले महिलालाई उचित शिक्षा प्राप्त गर्नबाट वञ्चित गराउने निर्णयमा पुनः विचार गर्न आग्रह गर्नुभएको हो । उहाँले महिला र बालबालिकाहरुका अपरिहार्य अधिकार हुने गरेको भन्दै मानव अधिकारको उल्लंघन गर्न नहुनेतर्फ सचेत गराउनु भयो ।

ADVERTISEMENT

उहाँले अफगानिस्तानको सो नीतिमा पुनःविचार गरी महिलालाई पनि उचित शिक्षा दिनुपर्नेमा जोड दिनुभयो । उहाँले महिला र बालबालिकाहरु देश र समाजको परिवर्तनका वाहक भएको भन्दै उनीहरुलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले बालबालिकालाई शिक्षामा अनुमति नदिनु दुःखद् पक्ष भएको बताउनु भयो । यो व्यवहार विश्वव्यापी अराजकता भएको उल्लेख गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?