काठमाडाैं । संयुक्त राष्ट्रसंघको महासभाका अध्यक्ष डेसि फ्रान्सिसले बिहीवार अफगानी अधिकारीहरुले महिललाई उचित शिक्षा प्राप्त गर्नबाट वञ्चित गर्नु नहुने बताउनुभएको छ ।
बैठकमा उहाँले अफगानी अधिकारीहरुले महिलालाई उचित शिक्षा प्राप्त गर्नबाट वञ्चित गराउने निर्णयमा पुनः विचार गर्न आग्रह गर्नुभएको हो । उहाँले महिला र बालबालिकाहरुका अपरिहार्य अधिकार हुने गरेको भन्दै मानव अधिकारको उल्लंघन गर्न नहुनेतर्फ सचेत गराउनु भयो ।
उहाँले अफगानिस्तानको सो नीतिमा पुनःविचार गरी महिलालाई पनि उचित शिक्षा दिनुपर्नेमा जोड दिनुभयो । उहाँले महिला र बालबालिकाहरु देश र समाजको परिवर्तनका वाहक भएको भन्दै उनीहरुलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले बालबालिकालाई शिक्षामा अनुमति नदिनु दुःखद् पक्ष भएको बताउनु भयो । यो व्यवहार विश्वव्यापी अराजकता भएको उल्लेख गर्नुभयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts