काव्यको ‘ऐना र काइँयो’

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । गायिका काव्य आचार्यको स्वरमा रहेको गीत ‘ऐना र काइँयो’ सार्वजनिक भएको छ । गायक आलिफ खानले गायिका आचार्यलाई गायनमा साथ दिएको गीतको लिप्सिङ भिडियो सार्वजनिक गरिएको हो । रविन्द्र लामिछानेको शब्द र संगीत रहेको गीतमा पवन रानाभाटले संगीत संयोजन छ । भिडिओमा गायिका आचार्य र गायक खान देखिनुभएको छ । रामकुमार केसीले छायांकन गरेको भिडियो सम्पादन टेकेन्द्र शाहले गर्नुभएको हो । लाइमलाइटले निर्माण गरेको भिडियो निर्देशन सुजन शर्मा पोख्रेलले गर्नुभएको हो ।

नेपाली गीत गायनमा नारी हस्ताक्षरमा आफूलाई सशक्तरूपमा अग्रपंक्तिमा उभ्याएको नाम हो काव्य आचार्य । भगवान् गौतम बुद्धको क्रीडास्थल कपिलवस्तुको कोपवा ९ मा जन्मिनुभएकी काव्य सानैदेखि गीतसंगीत भनेपछि हुरुक्क हुनुहुन्थ्यो । त्यही सानैदेखिको लगावले यतिबेला उहाँ आफ्नो पहिचान बनाउन सफल हुनुभएको छ । उहाँले एउटा राम्रो प्रतिभाका रूपमा नेपाली सांगीतिक फाँटमा आफूलाई स्थापित गर्नुभएको छ । सानोमा नृत्य भनेपछि अत्यधिक लगाव राख्ने काव्य आचार्यको आफ्नो सांगीतिक छवि यतिबेला उचाइतर्फ मोडिएको छ ।

ADVERTISEMENT

सानैदेखिको लगावले आज काव्य आचार्य गायिकाको अग्रपंक्तिमा उभिनुभएको छ । त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा स्नातकोत्तरसमेत गर्नुभएकी काव्यले राम्रो गीत सिर्जना गर्नुका साथै राम्रो संगीत गर्ने गर्नुहुन्छ । उहाँको स्वरको जादुसँगै संगीत र शब्दको सिर्जनामा पनि उत्तिकै सिर्जनशीलता छ । शब्द, संगीत र गायनको त्रिवेणीमा उहाँ रम्नुभएको छ । उहाँको पहिलो गीत ‘चरीले गुँड छाडेर गयो’ रहेको थियो भने बजारमा ल्याएको पहिलो आधुनिक गीति–एल्बम ‘काव्य’ थियो । काव्यका ‘किन आज धेरैपछि’, ‘चरीले गुँड छोडेर गयो’, ‘घैया मकै है सानु’, ‘माछा तारेको’, ‘औँठी चिनो छ’, ‘बाध्यताले छुट्नु परेको’, ‘परेलीको आँशु’, ‘ओए कमला’, ‘सैयाको मायाजाल’, ‘दिलमा सजाउँछु तिमीलाई’, ‘निचोरेर मुटु दिएँ’, ‘आज मेरो मनको दियो’, ‘धर्ती’, ‘छुट्यो मायाजाल’, ‘भिरको मौरी’ लगायतका गीत औधि मन पराइएका छन् । श्रोता दर्शकमाझ दुई सयभन्दा बढी गीत ल्याउनुभएकी उहाँ मीठो स्वरकी धनी हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?