काठमाडौं । दोलखा र रामेछापको सिमानामा पर्ने शैलुङमा स्पार्क कारले ‘स्पार्क एड्भेन्चर २०२३’अन्तर्गत आयोजना गर्ने ‘वाइल्ड स्टे विथ चौँरी’मा क्याप्टेन विजय लामा, निखिल उप्रेती, सन्दीप क्षेत्रीलगायत कलाकारले सहभागिता जनाउनुहुने भएको छ । प्रचुर पर्यटकीय सम्भावना रहेर पनि चल्तीको गन्तव्य नभएकाले उक्त स्थानको प्रचार प्रसारका लागि कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रम संयोजक अमर दीप भट्टराईका अनुसार असोजको ११ देखि १३ गतेसम्म हुने स्पार्क एड्भेन्चरमा लोक गायक प्रेम राजा महत, कलाकार गरिमा शर्मा, गायक यश कुमार, लेखक बुद्धिशागर, डा.रञ्जित बराल, कमेडियन कैलाश कार्की, मोडल रीना थापामगर, ट्राभलर सिर्जना सिज्जुसमेतको सहभागिता छ । कार्यक्रममा प्रशासनिक एवं सुरक्षा निकायका अधिकारीसमेत सहभागीता रहेको आयोजकले जनाएको छ ।
असोज ११ गते बिहान काठमाडौंदेखि सैलुङको यात्रा सुरु भएको छ । असोज १२ गते चौंरी गोठ र सैलुङलाई ‘एक्सप्लोर’ गर्ने आयोजकको भनाइ छ । साहसिक पर्यटनको क्षेत्रमा पनि काम गर्दै आइरहेको स्पार्क कारले पर्यटकका लागि यातायातको व्यवस्थापन गर्ने कार्य गर्दै आइरहेको छ । सेल्फ ड्राइभमा कार उपलब्ध गराउने, ड्राइभरमात्र उपलब्ध गराउनेदेखि स्पार्कले देशैभरि ड्राइभरसहित सवारीसाधन पनि उपलब्ध गराउँदै आएको छ । गतवर्ष लमजुङको भुजुङमा भीर मौरीको सिकार गरेर सुरु भएको स्पार्क एड्भेन्चरको दोस्रो संस्करण दोलखा र रामेछापको सिमानामा रहेको शैलुङ र त्यहाँको चौँरी गोठलाई केन्द्रित गर्दै आयोजना गरिएको हो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts