काठमाडौं । राजु परियार र लक्ष्मी खड्काको स्वरमा रहेको ‘चश्मा आँखैमा’ सार्वजनिक भएको छ । शर्मिला गजमेरको शब्द रचना तथा लालकुमार बरालले संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
म्युजिक भिडियोमा भुटानकी चर्चित नायिका उगेन छोदेनका साथमा नेपाली मोडल चक्र बमले अभिनय गर्नुभएको छ । गीतको भिडियोलाई म्युजिक भिडियो सम्पादनमा चर्चित रहनुभएका टेकेन्द्र शाहले निर्देशन गर्नुभएको हो ।






