रुपन्देही उद्योग संघमा अधिवेशनको तयारी तिब्र, सदस्यता नवीकरण सकियो

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 3 mins

रुपन्देही । आगामी असोज २९ गते हुन गइरहेको रुपन्देही उद्योग संघको ४५ औं साधारणसभा तथा २३ औं अधिवेशनको तयारी तिब्र रुपमा आगडि बढिरहेको संघले जनाएको छ ।

संघको नयाँ नेतृत्व समेत चयन गर्न निर्वाचन सहितको अधिवेशन भएका कारण आवश्यक तयारीका कामहरु चरणवद्ध रुपमा अगाडी बढाएको संघका महासचिव हरिबहादुर खत्रीले बताउनु भयो ।

महासचिव खत्रीका अनुसार संघको कार्यसमितिको नियमित बैठकले निर्वाचन सम्पन्न गर्न संघका कानुनी सल्लाहाकार यमलाल खनालको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको छ । जसको सदस्यमा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल र संघका प्रेस सल्लाहाकार सुमन अधिकारी रहनु भएको छ ।

त्यसैगरी बैठकले अधिवेशन व्यवस्थित रुपमा सम्पन्न गर्नका लागि विभिन्न जिम्मेवारी बाँडफाँड गरेको जनाइएको छ । महासचिव खत्रीका अनुसार संघका कार्यसमिति सदस्य कमल ज्ञवाली संयोजक रहेको खाद्यान्न व्यवस्थापन समिति, बल बहादुर गोदार संयोजक रहेको हल तथा मञ्च व्यवस्थापन समिति तथा लालप्रसाद बस्याल संयोजक रहेको किड व्याग व्यवस्थापन समिति गठन गरी जिम्मेवारी दिइएको छ ।

ADVERTISEMENT

अधिवेशनमा प्रस्तुत गरिने अध्यक्ष, महासचिव तथा कोषाध्यक्षको बार्षिक प्रतिवेदन लेखनको तयारी अन्तिम चरणमा पुगेको संघका प्रमुख कार्यकारी अधिकृत यादवप्रसाद भण्डारीले जनाउनु भएको छ ।

निर्वाचन समितिले विधान अनुसार निर्वाचन कार्यक्रम तयार गरी सार्वजनिक गर्ने छ । अधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, द्वितिय उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, सचिव, महिला सचिव, सहकोषाध्यक्ष, एशोसिएट सदस्य, आजिवन, महिला र खुल्ला सदस्य सहित ३३ सदस्यीय नयाँ कार्यसमितिको चयन गर्ने छ ।

अधिवेशनमा १ हजार १३ सदस्यले भाग लिन पाउनेछन् । संघमा हालसम्म नविकरण भएका साधारण सदस्य ७९७, एशोसिएट सदस्य ६०, संंस्थागत सदस्य ७ र महिला सदस्य ११३ रहेका छन् भने आजिवन सदस्य ३६ रहेका छन् । अधिवेशनबाट चयन हुने नयाँ कार्यसमितिका लागि नविकरण भएका सदस्यहरु मात्र उम्मेदवार बन्न र मतदान गर्न पाउने व्यवस्था रहेको छ ।

४५ औ साधारणसभा तथा २३ औ अधिवेशन संघको आप्mनै सहभाहलमा सम्पन्न हुने संघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?